Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
TikTok ban Nepal: टिकटकपछि अरू एपमाथि निगरानी बढाउँदै सरकार- BBC News Nepali
BBC News Nepali · 2 years ago
सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एक जना अधिकारीले बताएका छन्। टिकटक जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एक जना अधिकारीले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको जानकारी दिए। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका अशोक दाहालले प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ प्रकाश रायमाझीसँग गरेको कुराकानी। #BBCNepali #TikTokBan #SocialMedia