Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Smoking impacts women: ‘धूमपानले पुरुषलाई भन्दा महिलालाई बढी असर’
BBC News Nepali · 1 day ago
धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा सबैलाई थाहा छ। तर धूमपानले पुरुष र महिलालाई फरक तरिकाले फरक मात्रामा असर गर्छ भन्ने थाहा छ कि छैन? क्यान्सर रोग विशेषज्ञ डा. रश्मि पुनका अनुसार मुख्यतया महिलाको शरीरको बनावट, होर्मोन तथा वंशाणुगत कारणहरूले गर्दा धूमपानले महिलालाई बढी असर गर्छ। विश्व स्वास्थ्य सङ्गठनको सन् २०२५ को तथ्याङ्कअनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको २५% हिस्सा सुर्तीजन्य पदार्थसँग जोडिएको छ र यो फोक्सोको क्यान्सरको प्रमुख कारण पनि हो। धूमपानले महिलालाई असर पार्ने कारणहरूका बारेमा विस्तृत विवरण सृजना श्रेष्ठले बनाएको यो भिडिओमा हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Smoking #Women #Shorts