Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
TikTok ban Nepal: टिकटकका वरिष्ठ अधिकारी नेपालमा, प्रतिबन्ध हट्ने चर्चा - BBC News Nepali
BBC News Nepali · 2 years ago
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकको नियमनबारे “दलहरू सकारात्मक रहेको” बताएपछि उक्त सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धबारे विभिन्न किसिमका अनुमान हुन थालेको देखिन्छ। सोमवार केही सम्पादकहरूसँग एउटा छलफलका क्रममा प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्धबारे “पुनर्विचार गर्न सकिने” बताएका थिए। टिकटकका एक वरिष्ठ अधिकारी काठमाण्डूमा रहेको बताइएको बेला यस्तो भनाइ सार्वजनिक भएको हो। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका गनी अन्सारीले प्रधानमन्त्रीका सूचना तथा प्रविधिविज्ञ प्रकाश रायमझीसँग गरेको कुराकानी। #BBCNepali #TikTok #TikTokBanNepal