HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rohingya refugees: यी रोहिन्ज्या शरणार्थीले डुङ्गामा इन्डोनेशिया जाँदा छोरी गुमाइन्- BBC News Nepali

BBC News Nepali · 2 years ago

गत महिना १,००० भन्दा बढी रोहिन्ज्या मुस्लिमहरू डुङ्गा चढेर समुद्रको बाटो हुँदै इन्डोनेशियाको आचे प्रान्त पुगे। म्यान्मारमा सैन्य दमन भएपछि भागेर बाङ्ग्लादेश गएका ती रोहिन्ज्या शरणार्थीहरू अहिले इन्डोनेशिया पुगेका हुन्। शरणार्थीको ओइरो लाग्न थालेपछि इन्डोनेशियाका लागि मानवीय सहायता जुटाउने र मानव तस्करी रोक्ने चुनौती थपिएको छ। बाङ्ग्लादेशको शरणार्थी शिविरमा व्याप्त असुरक्षा र दुःखबाट मुक्त भइने आशामा आफ्ना दुई सन्तानसहित डुङ्गा चढेर इन्डोनेशिया गएकी एक महिला अकल्पनीय शोकमा परेकी छन्। यो भिडिओमा उनी र अरू महिलाले आफूले खेप्नुपरेको दुःखबारे बताएका छन्। #BBCNepali #RohingyaRefugees #RohingyaRefugeeCrisis