Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis in Ukraine war: युक्रेनमा युद्धबन्दी बनेका छोराको पर्खाइमा बेचैन आमाहरू - BBC News Nepali
BBC News Nepali · 2 years ago
युक्रेनमा युद्धबन्दीका रूपमा सार्वजनिक भएका दुई नेपाली काभ्रेका सिद्धार्थ ढकाल र दाङका प्रतीक पुनका आमाहरूले आफ्ना छोरालाई सकुशल स्वदेश फर्काउन ढिलाइ नगर्न आग्रह गरेका छन्। यसै वर्ष अध्ययन गर्न रुस पुगेका ढकाल र पुनले युक्रेनबाट केही दिन अघि भिडिओमार्फत् रिहाइका लागि अपील गरेका छन्। विभिन्न कारणले रुसी सेनामा भर्ना भएका उनीहरू काम गर्दागर्दै युक्रेनी सेनाको नियन्त्रणमा पुगेका हुन्। उक्त खबर सुनेदेखि नै उनीहरूको परिवारले सरकारसमक्ष रिहाइका लागि पहल गर्दै आएका छन्। भिडिओ : कमल परियार #BBCNepali #Ukraine #UkraineWar