Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal earthquake: जाजरकोट भूकम्प पीडित ‘मरे पनि मरूँला’ भन्दै चर्किएकै घरमा फर्के - BBC News Nepali
BBC News Nepali · 2 years ago
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा आफ्नो घरमा क्षति भएपछि पालमुनि बसिरहेका जाजरकोटका बासिन्दाहरू चर्किएका घरमा जोखिम मोलेर बस्न बाध्य भएका छन्। "मरे पनि मरूँला भनी बाध्यता भएर यहीँ सुत्या हुँ" कुमारी जैसीले बीबीसी न्यूज नेपालीलाई बताइन्। उक्त रात ६.४ म्याग्निट्यूडको भूकम्पमा कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो क्षति भएको थियो। उक्त्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको गृह मन्त्रालयले बताएको छ। जाजरकोट भूकम्प पीडित कसरी चर्किएका घरमा बसिरहेका छन्? प्रकाश पन्तको सहयोगमा सृजना श्रेष्ठले बनाएयो यो भिडिओमा हेर्नुहोस्। #BBCNepali #JajarkotEarthquake #NepalEarthquake