Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Loneliness healer: पाको उमेरका मानिसलाई एक्लोपन बिर्सिन सघाउने सूप - BBC News Nepali
BBC News Nepali · 2 years ago
विश्व स्वास्थ्य सङ्गठनले एक्लोपनलाई एक विश्वव्यापी स्वास्थ्य समस्या मानेको छ। विशेष गरी पाको उमेरका मानिसहरू यसबाट पीडित हुने गरेको पाइन्छ। द नेदरल्यान्ड्समा यो समस्यासँग जुध्नका लागि 'वन अगेन्स्ट लोन्लिनस' नामक राष्ट्रिय अभियान सुरु भएको छ। यसले विभिन्न समुदायलाई आपसमा जोडी सामाजिक सम्बन्ध बनाउन सहयोग गर्छ। राजधानी एम्स्टर्ड्याममा 'हजुरआमाहरूको सूप' भनेर चिनिएको 'ओमाज् सूप' नामक समूहले युवा र पाका उमेरका मानिसहरूलाई एक ठाउँमा भेला गरी आपसमा घुलमिल गराएर सूप बनाउने र खाने कार्यक्रम गर्दै आएको छ। साथै यसले सूपलाई बेचेर प्राप्त नाफाबाट पनि एक्लोपनको समाधानका लागि विभिन्न कार्यक्रम गर्छ। हेर्नुहोस् यो भिडिओ । #BBCNepali #Loneliness #Netherlands