HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hamas hostage release: ४८ दिनसम्म बन्धक भएका बालकले परिवार भेट्दाको भावुक क्षण - BBC News Nepali

BBC News Nepali · 2 years ago

हमासले बन्धक बनाएका इजरेलीहरूलाई रिहा गरेपछि उनीहरूका परिवारमा खुसी र राहत मिलेको छ। रिहा भएर स्वदेश आइपुगेका नौ वर्षका ओहाद मुन्दर इजरेलको पेटा टिक्भास्थित श्नाइडर चिल्ड्रन्स् मेडिकल सेन्टरको हल बाहिर रहेका आफ्ना बुबासँग भेट्न दौडिए। अस्पतालले सार्वजनिक गरेको भिडिओमा ती बालककी आमा केरेन र हजुरआमा रुथी पनि परिवारसँग पुनर्मिलन हुँदाको दृश्य देखिन्छ। इजरेलले पनि गाजामा सङ्घर्षविराम गर्दै उसले पक्राउ गरेका केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति जनाएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Hamas #Israel