Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hair transplant: जलेको शिरमा फेरि पूरै कपाल देखेपछि दङ्ग परेका ब्रजिलका यी बालक - BBC News Nepali
BBC News Nepali · 2 years ago
पहिलो पटक आफ्नो शिर कपालले पूरै ढाकिएको देखेपछि लोरेन्जो दङ्ग परेका छन्। ब्रजिलका यी बालक अहिले दुई वर्षका भए। उनी तीन महिनाको हुँदा घरमा आगलागी भएको थियो। त्यसमा परेर उनको शिरको आधा भागसहित शरीरका विभिन्न भाग जलेका थिए। तर भाग्यवश ज्यान भने जोगियो। जलेको अङ्गमा ठूलो खत छ। शिरमा जलेको भागमा कपाल छैन। तर अहिले कृत्रिम कपाल देखेर उनी खुसी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Brazil #HairTransplant