Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Global warming: २०२३ 'अभिलेख राख्न थालेदेखिकै सबैभन्दा गर्मी वर्ष' हुने करिब निश्चित-BBC News Nepali
BBC News Nepali · 2 years ago
सन् २०२३ सकिन एक महिना बाँकी छ। तर यो वर्ष जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा गर्मी वर्ष बन्ने कुरा लगभग निश्चित रहेको युरोपिअन यूनिअनको जलवायुसम्बन्धी निकाय 'कपर्निकस'ले बताएको छ। यो भिडिओमा नासाको 'एक्वा स्पेसक्राफ्ट'मा जडित 'एट्मस्फेरिक इन्फ्ररेड साउन्डर' (एआईआरएस)ले सङ्कलन गरेको डेटाअनुसार सन् १८८० को दशकदेखि २०२३ सम्मको पृथ्वीको सतहमा भएको तापक्रम वृद्धिलाई देखाइएको छ। नासाको 'साइअन्टिफिक भिजूअलाइजेशन स्ट्यूडिओ' र नासाका लागि क्याल्टेकद्वारा व्यवस्थापन गरिएको 'जेट प्रपल्शन लबोरटरी'को सहयोगमा बनाइएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #GlobalWarming #ClimateChange