Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bipin Joshi: 'भाइसँग सम्पर्क नहुँदा कल्पना नगरेको पीडामा छौँ' - BBC News Nepali
BBC News Nepali · 2 years ago
हमासले इजरेली र विदेशी गरी झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्। उता अहिलेसम्म विपिन जोशीबारे नयाँ जानकारी नपाइएकाले आफूहरू चिन्तित भएको उनको परिवारका सदस्यहरूले बताएका छन्। उनका दाइ चन्द्रकिशोर जोशीले भने, “सङ्घर्षविराम भएसँगै धेरै आशा पलाएको छ। भाइ छुटिहाल्छ कि भनेर हामी रातभरि पनि समाचार नै हेरेर बस्छौँ।” हेर्नुहोस् उनीसँग कुरा गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #BipinJoshi #Hamas