Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Women Football Player : ‘श्रीमान्ले सपोर्ट गरेपछि पुग्यो, संसार नै जितिन्छ!’
BBC News Nepali · 1 month ago
निशा सुनारले आफू फुटबल खेलमा करिअर बनाउँछु वा यही क्षेत्रमा लाग्छु भनेर कहिल्यै सोचेकी थिइनन्। सुदूरपश्चिममा निम्नवर्गीय परिवारमा जन्मिएकी उनी अहिले अनेकौँ पुरस्कार प्राप्त गर्न सफल खेलाडी बनेकी छन्। उनका अनुसार माओवादी द्वन्द्वका बेला केही समय विद्रोही सेनामा संलग्न भएको भए पनि पछि उनको बाटो खेलकुदतिर मोडियो। “मेरो भाग्यले तानेर यहाँसम्म ल्याएको। मलाई चाहिँ मेरो शरीरले अनि त्यसमा मेरो स्पीडले साथ दिएको भन्छु म," सुनारले बीबीसी न्यूज नेपालीलाई बताइन्। उनी नेपाल प्रहरीको महिला फुटबल टोलीबाट अग्रपङ्क्तिमा खेल्छिन्। उनले हालसालै सम्पन्न ‘पोखरा विमन्स गोल्ड कप २०८३’ मा सम्पूर्ण प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारेकी थिइन्। उनका लागि यो पुरस्कारको विशेष महत्त्व छ। किनभने आमा बनिसकेपछिको उनको त्यो पहिले ‘कमब्याक’ खेल थियो। निशा सुनार भनेर चिनिने निर्मला बिक महिला फुटबलमा एक परिचित पात्र बनेकी छन्। वि स २०७० मा नेपाल प्रहरीमा जोडिएकी उनले थुप्रै ‘बेस्ट प्लेयर’ उपाधि जितिसकेकी छिन्। विवाह भएपछि र आमा बनिसकेपछि श्रीमान्को साथले खेल क्षेत्रमा यहाँसम्म पुगेको उनी बताउँछिन्। उनकी छोरी अहिले १५महिनाकी भइन्। “बच्चा जन्माएको तीन महिनापछि नै म तालिममा फर्किएर र निरन्तर मेहनतपछि खेल खेल्न सफल भएँ” सुनार भन्छिन्। भिडिओ : सृजना श्रेष्ठ