Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Philippines Senate : पक्राउ गर्न गएका प्रहरीलाई छलेर किन फिलिपिन्सका सांसद भागे?
BBC News Nepali · 1 month ago
फिलिपिन्सका सिनेटर रोनल्ड डेला रोजा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को आदेशबमोजिम पक्राउ गर्न खोज्दा भागेर सिनेटस्थित आफ्नो कार्यकक्षमा शरण लिन गएपछि फिलिपिन्सको माथिल्लो सदनको भवनमा सुरक्षा व्यवस्था निकै कडा पारियो। दुई दिनको गतिरोधपछि त्यहाँ गोली चलेको आवाज सुनियो। अधिकारीहरूले कसले गोली चलायो भन्ने खुलाएका छैनन्। तर उक्त घटनामा कोही हताहत नभएको बताइएको छ। अधिकारीहरूका अनुसार सिनेटर डेला रोजा सुरक्षित छन् र उनलाई सुरक्षाकर्मीहरूले आफूसँग राखेका छन्। उनी पहिला प्रहरी प्रमुख थिए। उनले सिनेटसँग आफ्नो सुरक्षाको माग गरेका छन् भने स्थानीय अधिकारीहरूलाई आईसीसीको पक्राउपुर्जीअनुसार कारबाही नगर्न आदेश दिन सर्वोच्च अदालतसँग अनुरोध गरेका छन्। तात्कालिक राष्ट्रपति रोड्रिगो डुटेर्टेले सञ्चालन गरेको लागुपदार्थ नियन्त्रण गर्ने अभियानका क्रममा मानवताविरुद्धका अपराधहरू गरेको अभियोग डेला रोजामाथि छ। आईसीसीले उनी दर्जनौँ मानिसहरूको हत्यामा संलग्न भएको आरोप लगाएको छ। तर डेला रोजाले त्यसलाई अस्वीकार गर्दै आएका छन्। फिलिपिन्समा पक्राउ परेका पूर्वराष्ट्रपति डुटेर्टेलाई मार्च २०२५ मा द हेग लगिएको थियो। उनी त्यहीँ छन्। #BBCNepali #Philippines #InternationalCriminalCourt