Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal Police dogs: ‘घुङ्ग्रू' बन्यो यस वर्षको उत्कृष्ट प्रहरी कुकुर
BBC News Nepali · 8 months ago
नेपाल प्रहरीले यस वर्ष ‘घुङ्ग्रू’ नामको कुकुरलाई 'उत्कृष्ट प्रहरी कुकुर' ठहर गरेको छ। नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगत छ वर्षयता खटिएको यो कुकुर लागुपदार्थको खोजी तथा पहिचान गर्ने कार्यमा खटिँदै आएको छ। कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर ‘घुङ्ग्रू’ लाई सम्मान दिइने कार्यलयका प्रमुख एसपी डा रामचन्द्र सत्यालले बताए। हाल नेपाल प्रहरीले देशभरिका १३ वटा एकाइबाट विभिन्न प्रजातिका १०० वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ। तालिमप्राप्त कुकुरहरू हातहतियार, विस्फोटक पदार्थ तथा लागुपदार्थको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा प्रयोग गरिँदै आएको छ। भिडिओ: कमल परियार #bbcnepali #BBCNepaliSewa #PoliceDogs #KukurTihar