Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Kami Rita Sherpa : सगरमाथाको चुचुरोबाट कामिरिता शेर्पाले के भने?
BBC News Nepali · 1 month ago
कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको आरोहण गरेर यसअघि आफैँले बनाएको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान बनाएका छन्। पर्यटन विभागका अनुसार उनी मे १७ मा बिहान १०:१२ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। सोलुखुम्बुको थामेमा जन्मेका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए। गत वर्ष ३१औँ पटक आरोहण गरेका उनी त्यसअघि २०८१ सालमा २९ र ३०औँ दुई पटक सगरमाथाको शिखर चढेका थिए। हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ स्टोरी। #BBCNepali #Mountaineering #MtEverest #BBCNepaliSewa