Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Kami Rita Sherpa : सगरमाथा 'जोगाउन' कामिरिता शेर्पाको यस्तो सुझाव
BBC News Nepali · 3 weeks ago
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा 'पहिलो पाइला' टेकेको स्मरणमा शुक्रवार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। शेर्पा र हिलारीको पाइला पछ्याउँदै अहिलेसम्म १० हजारभन्दा बढी मानिसले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। यसपालि वसन्त याममा नेपालतरिबाट झन्डै ४९५ जनाले सगरमाथा आरोहण गर्ने अनुमति लिएका थिए। तीमध्ये १०५ जना महिला हुन्। सगरमाथामा सर्वाधिक ३२ पटक पुगेका सोलुखुम्बुका ५६ वर्षीय कामिरिता शेर्पा सगरमाथामा मानिसहरूको बढ्दो चाप र फोहोरप्रति चिन्तित छन्। बेलाबेलामा आरोहीहरूको घुइँचो घटाउनुपर्ने वा सगरमाथालाई केही समयका लागि विश्राम दिनुपर्ने माग उठ्ने गरेको छ। कामिरिता शेर्पा चाहिँ सगरमाथालाई पूर्ण रूपमा विश्राम दिनुभन्दा पनि आरोहण गर्न दिइने अनुमतिको सीमा घटाउनुपर्ने तथा सगरमाथा आरोहण गर्नुअघि ७,००० मिटरभन्दा अग्लो हिमाल चढेको अनुभव भएकै हुनुपर्ने सुझाव दिन्छन्। भिडिओ : कमल परियार #BBCNepali #Everest #KamiRitaSherpa #BBCNepaliSewa