HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Kabaddi player Manmati Bista: खेल क्षेत्रमा लाग्न महिलाहरूले के गर्नुपर्छ?

BBC News Nepali · 1 week ago

महिला खेलाडीहरूले राम्रो तालिम सँगसँगै पढाइमा ध्यान दिएर पाएसम्म जागिर खाइहाले खेलमा टिक्न सक्ने कबड्डी खेलकी राष्ट्रिय कप्तान मानमती विष्ट बताउँछिन्। “धनी मानिसहरूले त कबड्डी खेल्दैनन्। गरिबका छोराछोरी खेतमा काम गरेको भएर बलिया हुन्छन् र खेलमा पनि राम्रो गर्छन्। विभिन्न कुराका लागि पैसा चाहिने भएका कारण पढाइलाई निरन्तरता दिएर जागिर खाइहाले राम्रो हुन्छ,” कप्तान मानमती विष्टले बीबीसी न्यूज नेपालीलाई बताएकी छिन्। भर्खरै चीनमा सम्पन्न एशियन बीच गेम्समा नेपाली टोलीले कांस्यपदक जितेको थियो। कप्तान मानमती विष्टको कबड्डी यात्रा कसरी सुरु भयो र यो खेलमा लाग्दा कस्ता कस्ता चुनौतीको सामना गर्नुपर्‍यो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओमा। #BBCNepali #BBCNepaliSewa #Kabaddi #ManmatiBista