HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Iceland volcano: आइसल्यान्डमा शक्तिशाली ज्वालामुखी विस्फोट हुँदाको दृश्य

BBC News Nepali · 2 years ago

दक्षिणपश्चिम आइसल्यान्डको रेक्यानेस प्रायःद्वीपमा सोमवार राति ज्वालामुखी विस्फोट भएको छ। उक्त क्षेत्रमा विगत केही वर्षमा भएका ज्वालामुखी विस्फोटभन्दा यो निकै शक्तिशाली भएको अधिकारीहरूले बताएका छन्। आकाशबाट खिचिएको भिडिओमा भूकम्पीय गतिविधि पत्ता लागेको एक घण्टापछि ज्वालामुखीबाट लाभा निस्किएको देखिएको थियो। विस्फोटअघि नै ग्रिन्दाभिक नगरका झन्डै ४,००० मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको थियो। यस क्षेत्रमा गत अक्टोबरको उत्तरार्धदेखि भूकम्पीय गतिविधिहरू बढेका थिए। ग्रिन्दाभिकबाट ‍झन्डै ४२ किमि टाढा रहेको राजधानी रेक्याभिकबाट समेत लाभा देखिएको थियो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #IcelandVolcano #Volcano