Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Everest 2026: सगरमाथाको चुचुरोसम्म पुग्न कसरी बन्यो वैकल्पिक बाटो?
BBC News Nepali · 1 month ago
सगरमाथा आरोहणका लागि बाटो बनाउने कार्य पुनः सुरु भएको उक्त कार्यमा संलग्न शेर्पाहरूले बताएका छन्। सगरमाथा आरोहण मार्गको खुम्बु आइसफल क्षेत्रमा क्याम्प १ नजिकै बनेको करिब १०० मिटर अग्लो 'भनिएको सेर्याक' अर्थात् बरफको ढिस्कोका कारण डोरी टाँग्ने काम दुई सातायता रोकिएको थियो। त्यसले गर्दा आरोहणका लागि उच्च हिमाली वातावरणमा घुलमिल हुन र अभ्यासका लागि आधार शिविर पुगेका आरोहीहरू अन्योलमा परेका थिए। भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #Everest #Mountains #Shorts