Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Everest 2026: सगरमाथा चढ्न अनुमति लिएकाहरू आधारशिविरमा के गर्दै छन्?
BBC News Nepali · 1 month ago
सगरमाथा आरोहणको बाटो नखुलेका बेला पर्यटन विभागबाट सगरमाथा चढ्न अनुमति लिएका करिब ४२५ आरोहीहरू अहिले आधारशिविरमा छन्। हामीले संसारभरबाट हिमाल आरोहणका लागि आएकामध्ये पहिलो पटक सगरमाथा आरोहण गर्न आएका केही महिला आरोहीहरूसँग कुराकानी गरेका छौँ। लग्जम्बर्ग, पोल्यान्ड, युक्रेन र भारतका महिला आरोहीले आरोहणको पर्खाइको समयमा गरेका काम र आरोहणबारे बोलेका छन्। कोही रमाइरहेका छन् त कोही अधीर बनेका छन्। कोही किताब पढ्छन् त कोही तास खेल्छन्। अहिले सगरमाथा आरोहणका लागि बाटो बनाउने कार्य पुन: सुरु भइसकेको उक्त कार्यमा संलग्न शेर्पाहरूले बताएका छन्। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Everest #EverestBaseCamp #Shorts