Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Citizen savings bond - सर्वसाधारण नेपालीबाट सरकार ऋण लिँदै, ब्याज कति पाइन्छ?
BBC News Nepali · 7 months ago
नेपाल सरकारले सर्वसाधारण नागरिक र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूसँग ऋण लिइरहेको छ। अधिकारीहरूका अनुसार सरकारले पाँच वर्षका लागि लिन चाहेको दुई अर्ब ५० करोड रुपैयाँ ऋणमध्ये सर्वसाधारण बचतकर्ताले करिब एक अर्ब रुपैयाँ दिइसकेका छन्। सरकारले वैदेशिक रोजगारीमा रहेकाहरूबाट पनि 'राम्रो ब्याजदरमा' ऋण लिन चाहे पनि यो क्षेत्रबाट सरकारलाई ऋण दिनेहरू न्यून देखिएका छन्। उनीहरूबाट सरकारले खोजेको ५० करोड रुपैयाँमध्ये आइतवारसम्म ४० लाख रुपैयाँ मात्रै प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यसको प्रक्रिया र उद्देश्यबारे कार्यालयको आन्तरिक ऋण व्यवस्थापन शाखाका प्रकाश पुडासैनीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Savings #Bond