Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen-Rabi Lamichhane: 'नयाँ धुव्रीकरण'बारे पुरुषोत्तम यादव
BBC News Nepali · 6 months ago
गत भदौमा भएको युवा आन्दोलनका एक अगुवाको पहिचानसहित राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका युवा नेता पुरुषोत्तम यादवले युवाहरूसहितको नयाँ धुव्रीकरण हुन सके चुनावमा आफूहरूले जित्न सक्ने बीबीसीलाई बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्न आदेश दिएको भोलिपल्टै उक्त पार्टीमा प्रवेश गरेका पुरुषोत्तम यादवले काठमाण्डूका मेयर बालेन्द्र साह, उर्जामन्त्री कुलमान घिसिङ र रास्वपा एक ठाउँमा उभिनु उपयुक्त हुने धारणा राखे। पार्टी प्रवेश गर्नु केही दिनअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले मूलधारका मुख्य पुराना दलहरूमा नवयुवाहरू आबद्ध नहुने दाबी गरेका थिए। अन्तर्वार्ता : फणीन्द्र दाहाल भिडिओ : कमल परियार #BBCNepali #Youth #NepalPolitics #BBCNepaliSewa