HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bam Kumari Budha elderly education: ७२ वर्षको उमेरमा एमए पास बमकुमारी बुढाको उत्साह- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

उमेरले सात दशक कटेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेर यसै साता दीक्षित भएपछि रोल्पा, घापाकी बमकुमारी बुढा मगर यतिबेला चर्चामा छिन्। विसं २०३० सालमा एसएलसी पास गरेकी बमकुमारीलाई स्नातकोत्तर उत्तीर्ण गर्न मात्र १४ वर्षजति लागेको थियो। हाल काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा आफन्तसँगै बस्ने बमकुमारी अविवाहित हुन्। शिक्षण, सामुदायिक र सांस्कृतिक उत्थान तथा राजनीतिमा समेत अनुभव बटुलेकी बमकुमारीको निरन्तर अध्ययन गर्ने अठोट र उत्साह समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Education #Elderly