Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Women reproductive health: ‘पेरिमेनोपज’ के हो, महिलामा यो किन हुन्छ? -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
तपाईँले रजोनिवृत्ति वा मेनोपजबारे सुन्नुभएको होला तर के तपाईँले ‘पेरिमेनोपज’को बारेमा सुन्नुभएको छ? कुनै महिलाले महिनावारीको अनुभवबिना एक वर्ष पूरा बिताएपछि उनको रजोनिवृत्ति वा मेनोपज भएको मानिन्छ। तर तपाईँमा रजोनिवृत्तिका लक्षणहरू देखा परिसकेको तर महिनावारी अझै नरोकिएको अवस्थालाई पेरिमेनोपज भनिन्छ। यस अवधिमा महिलाको शरीर प्रजनन प्रणालीको अर्को चरणका लागि तयार भइरहेको हुन्छ। त्यसैले यो भिडियोमा ‘पेरिमेनोपज’ महिलामा किन हुन्छ र यसका लक्षणहरू के के हुन्? भन्ने बारेमा बुझ्नुहोस्। #BBCNepali #Perimenopause #WomenHealth