Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Women in Pakistan election: पाकिस्तानको चुनावमा यी महिलाले ल्याउन खोजेको परिवर्तन - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
यसै साताको बिहीवार पाकिस्तानमा निर्वाचन हुन लागेको छ। उक्त दिन त्यहाँको रूढिवादी समाजका हजारौँ महिलाहरूलाई उनीहरूकै परिवारका पुरुषहरूले मताधिकारबाट वञ्चित गर्ने आशङ्का छ। खैबर पख्तून्ख्वा प्रान्तको शाङ्ला जिल्लाकी साजिदा बिबीका अनुसार कठोर सामाजिक मूल्यमान्यताका कारण धेरै महिलाहरू घरबाट निस्किन पनि सङ्कोच मान्छन्। तर केही क्षेत्रमा भने बिस्तारै परिवर्तन देखा पर्न थालेको छ। बलोचिस्तान प्रान्तको झल मग्सीमा रेहना मग्सी आफ्नो गाउँमा चुनाव उठ्ने पहिली महिला बन्दै छिन्। त्यहाँका एक जमिनदारसँग उनको प्रतिस्पर्धा हुँदै छ। दुई फरक अवस्थामा रहेका यी महिलाहरूसँग कुरा गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। तीमध्ये साजिदा बिबीको पहिचान संरक्षणका लागि हामीले छद्मनाम प्रयोग गरेका छौँ। #BBCNepali #PakistanElection #Women