HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

US presidential debate 2024: निर्वाचन बहसमा बाइडन अकमकाए, ट्रम्पको स्वर ठूलो - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संयुक्त राज्य अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्न लागेका राष्ट्रपति जो बाइडन र उनका विपक्षी डोनल्ड ट्रम्पबीच भएको सार्वजनिक बहसमा दुई नेताले एकअर्काको आलोचना गरेका छन्। सीएनएनको राष्ट्रपतीय निर्वाचन बहसमा उनीहरूले आप्रवासन, गर्भपतन र विदेशनीतिजस्ता विषयमा मतभिन्नता व्यक्त गरे। युक्रेनमा रुसले जारी राखेको युद्ध र उत्तर एट्लान्टिक सैन्य सङ्गठन 'नेटो'बारेको धारणामा पनि उनीहरू फरक कित्तामा देखिएका छन्। नोभेम्बर ५ मा हुने निर्वाचनमा बाइडन डेमोक्र्याटिक पार्टी र ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्ने लागेका छन्। बहसका मुख्य क्षणहरू समेटिएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #JoeBiden #DonaldTrump