Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
UCLA protest: आन्दोलन चर्किएका अमेरिकी कलेजहरूमा रहेका नेपाली विद्यार्थीको अवस्था -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
इजरेल-हमास युद्धको विषयलाई लिएर अमेरिकाका ठूला विश्वविद्यालय तथा कलेजहरूमा विद्यार्थीका विभिन्न समूहहरूले प्रदर्शन गरिरहेका छन्। कतिपय कलेजहरूमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी प्रदर्शनकारीलाई पक्राउ गरिएको समाचार पनि आएको छ। हजारौँ नेपाली विद्यार्थीहरू अमेरिकामा अध्ययनरत रहेकाले उनीहरूको अवस्था के छ भनेर चासो व्यक्त भइरहेको छ। हामीले यूनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस (यूसीएलए)मा विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी शुभाङ्ग पाण्डेलाई त्यहाँको आन्दोलन र नेपाली विद्यार्थीको अवस्थाबारे सोधेका छौँ। सुन्नुहोस् बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #UCLAprotest #UCLAriot