HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

UAE visa amnesty 2024: यूएईको नयाँ योजनाबाट नेपाली कामदारले कसरी फाइदा लिन सक्छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यूनाइटेड अरब एमिरेट्स (यूएई) मा गैरकानुनी हैसियतमा रहेका वा भिसाको प्रकृति बदल्न चाहने आप्रवासीहरूका लागि त्यहाँको सरकारले घोषणा गरेको योजनाबाट झन्डै १०,००० देखि १५,००० नेपाली कामदारहरूले फाइदा लिन सक्ने आबुधाबीस्थित नेपाली अधिकारीले बताएका छन्। यूएईमा गैरकानुनी हैसियतमा रहेका मानिसहरूलाई भिसाको प्रकार बदल्न वा जरिबाना मिनाहा गरेर स्वदेश फर्कने अवसरका लागि आगामी ३० अक्टोबरभित्र उनीहरूले आवेदन दिन सक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। यस विषयमा दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दिनबन्धु सुवेदीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #UAEVisa #MigrantWorkers