HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trail runners Priya Rai, Rasila Tamang: अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेका नेपाली- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

केही साताअघि मलेशियामा सम्पन्न ‘एशिया ट्रेल मास्टर २०२४’ मा ८५ किमि लामो दूरी झन्डै ११ घण्टामा पार गरेर नेपालकी प्रिया राई प्रथम भइन्। गत वर्ष इन्डोनेशियामा सम्पन्न ‘एशिया ट्रेल मास्टर २०२३’ मा नेपालकै रसिला तामाङ पहिलो बनेकी थिइन्। उनी यसपटक तेस्रोमा सीमित बनिन्। उनीहरूजस्तै अन्य नेपाली ‘ट्रेल रनर’हरूले विश्वभर नाम कमाइरहँदा नेपालमा भने खासै चर्चा नहुने र सरकारी निकायहरूबाट समेत सहयोग नहुने उनीहरूको गुनासो छ। ‘ट्रेल रनिङ’ के हो र नेपालमा यसको सम्भावना कस्तो छ भन्नेबारे दुई खेलाडीसँग कुराकानी गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। भिडिओ स्टोरी : कमल परियार #BBCNepali #TrailRunning #TrailRunner