HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Traffic police Nepal: ट्राफिक प्रहरीले लुकेर सवारी जाँच गर्नु ठिक हो? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

हालै भक्तपुरको गट्ठाघरमा भएको एक दुर्घटनामा एक पुरुषको ज्यान गएको छर उक्त दुर्घटना ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा भएको भन्दै आक्रोशित भिडले ट्राफिक प्रहरीको 'आइल्यान्ड' तोडफोड गर्नुका साथै लामो समयसम्म अरनिको राजमार्ग अवरुद्ध गर्‍यो। “सडकमा अचानक स्कूटर रोकिएपछि पछाडिबाट आएको ट्रकले ठक्कर दिएको” समाचार सरकारी संस्था राष्ट्रिय समाचार समितिले समेत प्रकाशित गरेपछि धेरैले ट्राफिक प्रहरीमाथि आक्रोश व्यक्त गरे। यससँगै नेपालमा ट्राफिक प्रहरीको कार्यशैलीबारे प्रश्न उठेको छ। नेपालमा ट्राफिक प्रहरीको कार्यशैली कति सही र कति गलत? सुनौँ यातायात व्यवस्थापनविज्ञ आशिष गजुरेलसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #TrafficPolice #RoadSafety