HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

T20 World Cup: अमेरिकामा नेपाली समर्थकको यस्तो उत्साह -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

टी२० विश्वकपमा नेपाली समयानुसार बुधवार बिहान नेपाल र श्रीलङ्काको खेल हुँदै छ। फ्लोरिडाको लाउडर हिलस्थित 'सेन्ट्रल ब्रोवर्ड क्रिकेट स्टेडिअम'मा नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ। नेपालले नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दा अमेरिकाकै ड्यालसस्थित ग्र्यान्ड प्रेरी रङ्गशालामा नेपाली समर्थकहरूको घुइँचो लागेको थियो। फ्लोरिडामा पनि ड्यालसमा जस्तै नेपाली क्रिकेटप्रेमीहरू ठूलो सङ्ख्यामा उपस्थित हुने ठानिएको छ। फ्लोरिडामा रहेका नेपालीहरूसँग कुरा गरी बीबीसी न्यूज नेपालीले बनाएको यो भिडिओ। भिडिओ: निरञ्जन राजवंशी सम्पादन: कमल परियार #BBCNepali #T20WC2024 #NepalCricket