Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Syria to Europe: सिरियाबाट भागेका बालक ११ वर्ष लगाएर नेदरल्यान्ड्स -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
खलिल सिरियाली शरणार्थी हुन्। उनी अहिले १७ वर्षका भए। सन् २०१३ मा उनको परिवार सिरियाको होम्स सहरबाट भागेर लेबनन पुग्यो। उनीहरू पश्चिम युरोप जान चाहन्थे। केही वर्षपछि परिवारका सदस्यहरू तीनतिर छुट्टिए। किशोर खलिल एक्लै सर्बिया पुगे र त्यहाँ एउटा संस्थाले उपलब्ध गरेको आश्रयस्थलमा बसे। अहिले उनी नेदरल्यान्ड्स पुगेका छन्। त्यहाँ उनकी आमाले शरणार्थीको मान्यता पाएकी छन्। परिवारका अन्य सदस्यले पनि त्यहाँ शरण पाउने भएपछि खलिल सर्बियाबाट र उनका बुवा अनि दिदीबहिनी ग्रीसबाट नेदरल्यान्ड्स गए। धेरै पछि परिवारको पुनर्मिलन भयो। #BBCNepali #Immigrants #Refugee