HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Space junk Kenya: केन्याको गाउँमा आकाशबाट खस्यो अन्तरिक्षमा पठाइएको वस्तु - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

केन्याली अन्तरिक्ष निकायका विशेषज्ञहरू केन्याको एउटा गाउँमा आकाशबाट खसेको धातुको ५०० केजीजति तौल भएको एउटा 'रिङ' बारे तथ्य पत्ता लगाउने प्रयासमा छन्। अन्तरिक्षमा पठाइएको मानवनिर्मित वस्तुको अवशेष भन्ठानिएको उक्त 'रिङ' राजधानी नाइरोबीबाट १२० किलोमिटर टाढा अवस्थित मुकुकु गाउँको एउटा झाडीमा खस्दा कसैलाई पनि केही भएन। देशको अन्तरिक्ष निकायले उक्त वस्तु अन्तरिक्षमा प्रक्षेपण गरिएको कुनै रकेटको भाग भएको अनुमान गरेको छ। तर त्यो कसको स्वामित्वमा थियो भन्ने पत्ता भने लागिसकेको छैन। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Space #Kenya