Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sex workers Belgium : बेल्जियममा यौनकर्मीलाई सुत्केरी बिदा र निवृत्तिभरणको अधिकार - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
यौनकर्मी महिलालाई श्रम अधिकार दिने बेल्जिअम पहिलो राष्ट्र बनेको छ। नयाँ कानुन बनेपछि अब त्यहाँ यौनकर्मीहरूले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन्। उक्त व्यवसायलाई नियमन गर्नका लागि यसलाई अभूतपूर्व कदम मानिएको छ। विश्वका अरू देशमा यौन व्यवसायलाई राज्यले त्यसरी संरक्षण प्रदान गर्दैन। विश्वभरि झन्डै ५.२ करोड यौनकर्मी छन्। के यो कानुनले तिनको हक र हितका लागि मार्गदर्शन गर्ला त? कि केही भूतपूर्व यौनकर्मीहरूले बीबीसीलाई बताए झैँ यो "शोषणलाई सामान्य बनाउने भयानक कानुन" हो? #BBCNepali #SexWorkers #Belgium