Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
SEE Exam Nepal: एसईई परीक्षाको औचित्य र तयारीबारे परीक्षा बोर्डको भनाइ -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट पाँच लाखभन्दा बढी विद्यार्थीहरू सहभागी हुने छन्। जापानमा पनि एसईईको परीक्षा लिइने छ। तर विद्यालयस्तरीय शिक्षा कक्षा १२ सम्म बनाइएपछि कक्षा १० उत्तीर्ण गर्नका लागि लिइने यो परीक्षालाई "सामान्य रूपमा लिइनुपर्ने" शिक्षाविद्हरूको मत रहँदै आएको छ। यसै सन्दर्भमा सुन्नुहोस् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मासँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #SEEExam #Education