Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Scorpion venom: पाकिस्तानको मरुभूमिमा विषालु बिच्छी खोज्दै वैज्ञानिकहरू - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
पाकिस्तानको मरुभूमिमा मध्यराततिर वैज्ञानिकहरूको एउटा टोली हिजोआज बिच्छीको खोजीमा निस्किन्छ। प्रयोगशालामा ल्याइसकेपछि अनुसन्धानकर्ताहरू ती बिच्छीको पुच्छरबाट विष निकाल्छन्। बिच्छीको विषमा निकै उपयोगी यौगिकहरू हुन्छन्। वैज्ञानिकहरू बिच्छीको विषबाट क्यान्सर र पीडाको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छन्। तस्करहरूले पनि बिच्छी समात्ने र विष निकाल्ने गरेको पाइन्छ। अवैध बजारमा एक लिटर विषको लाखौँ डलर पर्ने बताइन्छ। विषालु बिच्छी र आफ्नो अनुसन्धानबारे पाकिस्तानी वैज्ञानिकहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Scorpion #Venom