HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Scissor collector: टिकटकमा चर्चित यी युवती किन कैँची सङ्कलन गर्छिन्- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

झुप्पाबाट अङ्गुर काट्नका लागि होस् कि कपाल छोट्ट्याउनका लागि, सिड्नी हार्डिङको सङ्ग्रहमा विभिन्न प्रयोजनका र विभिन्न शैलीका गरी सयौँ कैँचीहरू छन्। लन्डनमा बस्ने यी २४ वर्षीया युवतीले कैँची सङ्कलनमा अस्वाभाविक रुचि देखाएकी छन्। उनले टिकटकमा पोस्ट गरेका कैँचीसँग सम्बन्धित भिडिओ लाखौँ मानिसले हेरेका छन्। त्यस्ता भिडिओमा कैँची भएको बाकस खोलेको देखाउँदै उनी आफूले उक्त कैँची कसरी हासिल गरिन् भन्ने व्याख्या गर्छिन्। उनलाई 'अटिजम' छ। उनी "संवेदनात्मक अनुभूति"का कारण कैँची सङ्ग्रह गर्ने बानी परेको बताउँछिन्। #BBCNepali #SocialMedia #Hobbies