HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Salman Rushdie: आफूमाथि छुरा प्रहार भएको पुरानो घटनाबारे सलमान रुश्दी के भन्छन्?-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

चर्चित तथा विवादित ब्रिटिश-अमेरिकी लेखक सर सलमान रुश्दीले झन्डै आफ्नो ज्यान जाने गरी भएको एक घातक आक्रमणबारे बीबीसीसँग कुराकानी गरेका छन्। सन् २०२२ को अगस्टमा अमेरिकाको न्यूयोर्कमा एक शैक्षिक संस्थामा प्रवचन दिने तयारी गरिरहेका बेला यी लेखकलाई मञ्चमा नै छुरा प्रहार गरिएको थियो। भारतमा जन्मिएका ७६ वर्षे रुश्दीलाई आधुनिक समयका सबैभन्दा प्रभावशाली लेखकमध्ये एक मानिन्छ। अभिव्यक्ति स्वतन्त्रताको सशक्त वकालत गर्ने यी लेखकलाई केही मुस्लिम नेताहरूले भने धर्मनिन्दक भएको आरोप लगाएका छन्। सन् १९८८ मा प्रकाशित उनको पुस्तक 'द सट्यानिक भर्सेस' विवादमा आएपछि कतिपय मुस्लिम अगुवाले उनलाई मारिनुपर्ने माग गरेका थिए। त्यसपछि उनी धेरै वर्षसम्म लुकेर बसेका थिए। #BBCNepali #Author #Salmanrushdie