Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Russian Caesar Kunikov ship: रुसी पानीजहाजलाई समुद्रमा डुबाइदिएको युक्रेनी दाबी - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
युक्रेनी सेनाले 'सीजर कुनिकोफ' नामक ठूलो रुसी पानीजहाजलाई रुस अधीनस्थ क्राइमियानजिकै समुद्रमा डुबाइदिएको दाबी गरेको छ। स्थानीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुधवार सबेरै शक्तिशाली विस्फोटन भएको सुनिएको जनाएका छन्। त्यसबाट यल्टा सहरको दक्षिणतिर उक्त मालवाहक पानीजहाजमा आक्रमण भएको बुझिन्छ। युक्रेनी गुप्तचर निकायले एउटा भिडिओ सार्वजनिक गर्दै 'म्यागुरा भी५' समुद्री ड्रोनहरूले उक्त रुसी पानीजहाजमा हवाई आक्रमण गरेको जनाएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #RussiaUkraine #CaesarKunikov