HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Russia election voting in Nepal: रुसी निर्वाचनमा पोखरा र काठमाण्डूबाट मतदान - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

रुसमा राष्ट्रपति निर्वाचन गर्न शुक्रवार सुरु भएको निर्वाचनमा नेपालमा रहेका रुसी नागरिकले पनि मतदान गरेका छन्। नेपालमा रहेका रुसी कर्मचारी र घुम्न आएका रुसी पर्यटकले समेत राष्ट्रपति पदका उम्मेदवारलाई मतदान गरेका हुन्। शुक्रवार पोखरास्थित मतदान केन्द्रमा १३ जनाले मतदान गरेका छन् भने आइतवार काठमाण्डूस्थित रुसी दूतावासमा मतदान हुने दूतावासले जनाएको छ। नेपालमा करिब २०० जना रुसी नागरिक दीर्घकालीन रूपमा बसोबास गरिरहेको रुसी दूतावासका प्रतिनिधिले बताएका छन्। हेर्नुहोस् पोखराबाट सागरराज तिमिल्सिनाको सहयोगमा कमल परियारले तयार पारेको यो भिडिओ। #BBCNepali #RussianElections #Russia