Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
RSP Rabi Lamichhane: रास्वपाका केन्द्रीय नेताहरूविरुद्ध अदालतको अपहेलना मुद्दा - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी र सांसदले अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदलातमा मुद्दा दर्ता भएको उक्त अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताएका छन्। रास्वपा सभापति लामिछाने सहकारीहरूको रकम अपचलनसम्बन्धी अभियोगमा पक्राउ परेपछि त्यो दलका नेताहरूले अदालती प्रक्रियामा अवरोध हुने गरी आन्दोलन गरेको भन्दै अपहेलना मुद्दा दर्ता भएको हो। अधिवक्ता अनुपम भट्टराईले यही कात्तिक १४ गते दर्ता गर्न खोजेको मुद्दा अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। तर कात्तिक २७ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त दरपीठ बदरको आदेश दिएको कुइँकेलले बताए। सोही आदेशअनुसार बिहीवार अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको र आगामी मङ्सिर ३ गतेलाई पहिलो पेसी तोकिएको छ। लामिछाने पक्राउ परेपछि रास्वपा नेताहरूले उनीमाथि "प्रतिशोध राखेर पक्राउ गरिएको" भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। अधिवक्ता भट्टराईले त्यसले अदालती कामकारबाहीमा अवरोध भएको दाबी आफ्नो निवेदनमा गरेका छन्। कुइँकेलसँग विष्णु पोखरेलले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #RabiLamichhane #RSP