Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rice in bottle: उत्तर कोरियालीहरू भोकभोकै मर्न थालेको सुनेपछि यस्तो सहयोग -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पार्क जङ ओह २६ वर्षअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका थिए। ह्वेङ्हे प्रान्तमा खाद्यान्न अभाव भएको र मानिसहरू भोकभोकै मर्न थालेको सुनेपछि उनले सन् २०१५ देखि बोतलमा अन्य चिजसँगै चामल भरेर पठाउन थाले। बोतल समुद्रमा फालिन्छ। दक्षिण कोरियाले उक्त कार्यमा रोक लगायो। तर उनले गोप्य रूपमै त्यो काम जारी राखे। उनीविरुद्ध प्रहरीले तीन वर्ष अनुसन्धान पनि गर्यो। गत वर्ष त्यहाँको संवैधानिक अदालतले "उत्तर कोरियातिर उत्तर कोरियाविरोधी सामग्री पठाउने कार्य"माथि लागेको प्रतिबन्ध हटाइदियो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #NorthKorea #SouthKorea