Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rage room Nigeria: एउटा यस्तो ठाउँ जहाँ टीभी र सिसा फुटाएर रिस पोख्न पाइन्छ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नाइजिरिआको राजधानी लागोसलाई अफ्रिकाको आर्थिक केन्द्र मानिन्छ। तर यो व्यस्त सहरमा बस्ने मानिसहरू अनेक कुराले दिक्क पनि परेका हुन्छन्। आर्थिक कठिनाइदेखि पार लगाउन गाह्रो ट्राफिक जामसम्मका समस्याबाट सिर्जित रिस र दिक्दारी पोख्न मानिसहरूलाई सजिलो होस् भनेर हालसालै त्यहाँ एउटा 'रेज रूम' खुलेको छ। यो त्यस्तो ठाउँ हो जहाँ मानिसहरू अरू वा आफू स्वयंलाई हानि नपुर्याई रिस पोख्न पाउँछन्। 'श्याडो रेज रूम' नाइजिरिआको पहिलो 'रेज रूम' हो। त्यहाँ आठ अमेरिकी डलर तिरेपछि ग्राहकले सुरक्षित पोसाक लगाउँछन् अनि बन्द कोठाभित्र टेलिभिजन र बोतलजस्ता सामग्री फुटाउँछन्। यो क्रियाकलाप भद्रगोल देखिन सक्छ तर यसले उपचारको काम गर्छ। चोटपटकको कुनै जोखिमबिना त्यहाँ रिस र अन्य प्रकारका भावावेग पोख्न सकिन्छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #RageRoom #Nigeria