Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rabi Lamichhane RSP: विराजभक्त श्रेष्ठले कसलाई ‘पछाडि हटेर सहयोग गरिदिन’ भने? - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय फेरि विवादमा मुछिएका छन्। उनीविरुद्ध तारन्तार समाचार आइरहँदा र उनले त्यसको प्रतिवाद गरिरहँदा रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा गरेको पोस्ट निकै चर्चामा छ। उनले लेखेका छन्, “यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनिदिनुहोला। यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनुहोला।” सांसद श्रेष्ठको पोस्टमा प्रतिक्रिया जनाएका अन्य केहीले पनि त्यो सभापति लामिछाने लक्षित रहेको ठानेको पाइन्छ। वास्तविकता के हो त? सुन्नुहोस् बीबीसी न्यूज नेपालीका शरद केसीले रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसँग गरेको कुराकानी। #BBCNepali #RabiLamichhane #BirajBhaktaShrestha