HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Python eating human: इन्डोनेशियाली महिला बनिन् अजिङ्गरको सिकार -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

इन्डोनेशियामा एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। आफ्नो बच्चाका लागि औषधि खोज्न भनेर घरबाट हिँडेकी ३६ वर्षे महिला हराएपछि खोजी गर्दा उनलाई अजिङ्गरले खाएको पत्ता लागेको थियो। अजिङ्गर वा सर्पले हतपत मान्छेको सिकार गर्दैन। तर इन्डोनेशियामा एक महिनाभित्र यो घटनासहित दुई महिलालाई अजिङ्गरले निलेको छ। स्थानीय पर्यावरणवादी अभियानकर्मीहरू वनफँडानीका कारण वन्यजीवको वासस्थान मासिएको हुँदा अजिङ्गर र मानिसबीच द्वन्द्व बढेको बताउँछन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Indonesia #Python