Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Prachanda speech: प्रचण्डले भने, “म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ” - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्दै नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ। बारम्बार गठबन्धन बदल्ने प्रधानमन्त्रीको नीतिलाई कतिपयले ‘अस्थिर’ र ‘भर पर्न नसकिने’ बताएका छन्। तर एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले त्यसलाई अस्वीकार मात्र गरेनन्, आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने दाबी गरे। सुन्नुहोस् शहीद प्रतिष्ठान नेपालले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको एक अंश। #BBCNepaliSewa #Prachanda #NepalPolitics