HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Polar bear: जलवायु परिवर्तनका कारण पोलर बेअरको सङ्ख्या घट्न सक्ने - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

जलवायु परिवर्तनका कारण समुद्रमा बरफ जम्ने समयावधि घट्दो छ। यस कारण ग्रीष्मयामको लामो समय ध्रुवीय भालु (पोलर बेअर)हरू जमिनमै बस्न बाध्य भएका छन्। यसले पारेको असरबारे थाहा पाउन संयुक्त राज्य अमेरिकको यूएस जिअलजिकल सर्भे र वाशिङ्टन स्टेट यूनिभर्सटीले उत्तरी क्यानडाका केही पोलर बेअरको घाँटीमा क्यामरा बाँधेर एउटा अध्ययन गरे। समुद्री जीव 'सील'को सिकारका लागि पोलर बेअरलाई बरफ चाहिने हुँदा बरफ नजमेको अवस्थामा उनीहरूले आहारा कसरी खोज्छन् भनी थाहा पाउनु यस अध्ययनको उद्देश्य थियो। यसका अतिरिक्त अध्ययनले जलवायु परिवर्तनका कारण पोलर बेअरको सङ्ख्या उल्लेख्य पात्रामा घट्न सक्ने निष्कर्ष निकालेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #PolarBear #ClimateChange