Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Pokhara Nepal's tourism capital: पोखरा पर्यटन राजधानी घोषित भएपछि व्यवसायी उत्साहित- BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको पर्यटन राजधानी घोषित भएपछि स्थानीय व्यवसायी उत्साहित देखिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार एक समारोहमा यस्तो घोषणा गरेका थिए। पोखराका केही क्षेत्र अब चौबीसै घण्टा खुल्लेछन्। तर रेस्टुराँ, किराना तथा खाजा पसलहरू भने रातको एक बजेसम्म मात्र खुल्नेछन्। प्राकृतिक सुन्दरता र साहसिक पर्यटनको केन्द्रमा रहेको पोखरामा आधुनिक बसपार्क निर्माण तथा तालमा क्रूज शिप, नगरभरि सटल बस सेवा सञ्चालनलगायतका योजना पनि अगाडि सारिएका छन्। हेर्नुहोस् पोखराबाट सागरराज तिमिल्सिनाको सहयोगमा कमल परियारले तयार पारेको यो भिडिओ। #BBCNepali #Pokhara #VisitNepal