HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Peregrine lander US moon mission: चन्द्रमा पठाइएको अमेरिकी रकेटमा प्राविधिक समस्या - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेटमा केही समस्या देखा परेको छ। फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ। उक्त प्राविधिक समस्याका कारण पेरग्रीन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई रहन सकेका छैनन्। पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको छ। पेरग्रीन आगामी महिना चन्द्रमामा पुग्दा अमेरिकी अन्तरिक्ष अभियानले आधा शताब्दीको अवधिमा चन्द्रमामा पहिलो पटक सुरक्षित अवतरण गर्ने छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #PeregrineLander #MoonMission