Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
PCOS effects and solutions: पीसीओएस र मानसिक स्वास्थ्यको सम्बन्ध अनि समाधानका उपाय - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
केही समयअघि मिस यूनिभर्स नेपाल २०२३ जेन दीपिका ग्यारेटले आफूलाई 'पोलिसिस्टिक ओभरी सिन्ड्रोम' (पीसीओएस) भएका कारण आफैँले आफैँसँग धेरै सङ्घर्ष गरेको बताएपछि यसबारे सामाजिक सञ्जालमा पनि चर्चा हुन थाल्यो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ मर्यादा मल्लका अनुसार यो समस्या १० देखि १५ प्रतिशत महिलालाई हुन सक्छ। महिनावारी हुनुअघि महिला एकदम नै मोटोघाटो छन् भने र महिनावारी नौदश वर्षमा नै भयो भने पनि महिलाई पीसीओएस हुने सम्भावना बढी हुने उनी बताउँछिन्। तर यो बाहेक पीसीओएस धेरै कारणहरूले हुन सक्छ। पीसीओएस कसलाई हुन्छ, यसका कारण महिलाहरूले कस्ता कस्ता समस्या भोग्छन् र पीसीओएस भएपछि के गर्न सकिन्छ? यी सबैबारे जानकारी लिन सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #PCOS #WomensHeath